२०८३ बैशाख ४, शुक्रबार
 

तिलमानपास र युवा पिक आरोही टोली सम्मानित

prabhu bank home loan

सिन्धुपाल्चोक,

पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको पहिलो आरोहण सफलताका साथ पूरा गरी फर्किएको अध्ययन टोलीलाई पाँचपोखरी थाङ्पाल गाउँपालिकाले मंगलबार सम्मान गरेको छ । मंसिर २६ गते शुक्रबार १२ बजेर २६ मिनेटमा टोलीले सफलतापुर्वक युवा पिक आरोहण गरेको थियोे ।

सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ६ सदस्यीय आरोहण दल र दुई जना माउन्टेन गाइडले ५ हजार ३ सय मिटरको पाँचपोखरी तिलमान पास पिक र ५ हजार ५ सय ५६ मिटरको युवा पिकको पहिलो पटक सफलताका साथ यात्रा पूरा गरेको हो । मौसमले पूर्ण रुपमा साथ दिएको र समूहका सबै सदस्यले यात्रा पूरा गरेको अध्ययन टोलीका संयोजक माया गुरुङले जानकारी दिनुभयो ।

गुरुङको नेतृत्वमा आरोही कान्छीमाया स्याङ्बो तामाङ र दावा शेर्पा साथमा युवा नेता सोमर बोम्जन, मिलन तामाङ, पाँचपोखरी थाङ्पाल गाउँपालिका ३ नं. वडाका अध्यक्ष ङिमाछिरिङ तामाङसहित ८ जनाको टोलीले यात्रा पूरा गरेको हो ।

वडा नम्बर ३ का वडा अध्यक्ष ङिमाछिरिङ तामाङले काठमाडौंबाट नजिकै भएर पनि पर्यटन प्रवर्द्धनका हिसाबले पछि परेको भन्दै तिलमान पास, पाँचपोखरी पिक र युवा पिक हिमाल आरोहणका लागि सहज बनाउन गाउँपालिकाले छिट्टै काम अगाडि बढाउने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fourteen − nine =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने