२०८३ बैशाख ५, शनिबार
 

गरे के हुन्न ?

prabhu bank home loan

झापा,

कोरोनाको कहरमा तपाइँले आफ्नो दैनिकीलाई कसरी अगाडि बढाइरहनु भएको छ ? पक्कै केही व्यक्तिगत काम गर्नु भयो होला यात घरमैं बसेर समय बिताइरहनु भएको होला । घरमा बसिरहँदा आफ्नो समाज र समुदायलाई चाहिँ कति समय दिनु भएको छ नी ?

कोरोनाको यो महामारीमा झापा अर्जुनधाराका युवाहरुले जङ्गल र जङ्गल भित्रको बाटोलाई आकर्षक बनाएर उदाहरणीय काम गरेका छन् । अर्जुनधारा नगरपालिका बडा नम्बर १० कालिझोडाका युवाले खेर गइरहेको जङ्गल र फोहोर फ्याल्ने बाटोलाई सफा गरे । प्रगती सामुदायिक वन क्षेत्रको करिब १ किलोमिटरको बाटो र जङ्गल क्षेत्रलाई रातारात चम्काए । रातको समयमा हिँडडुल गर्न सहज होस भनेर युवाहरुले थालेको अभियानले अहिले त्यस क्षेत्रको मुहार फेरिएको छ ।

प्रगती सामुदायिक वन क्षेत्र अहिले सेल्फी जोनको रुपमासमेत विकसित भइरहेको अभियानकर्मी मध्ये एक उदय लिम्बु बताउनुहुन्छ । ‘स्थानीय युवाहरु मिलेर त्यस जङ्गल क्षेत्र भित्र रातको समयमा हिँडडुल गर्न सहज होस् भनेर सडकबत्ती बाल्ने कामबाट अभियानको सुरु गरिएको थियो । देश लकडाउन भइरहेका बेला गाउँमा केहि गरौं भनेर सुरु गरिएको अभियानले अहिले त्यस ठाउँको मुहार फेरिएको छ ।’ उदयले भन्नुभयो, ‘वन क्षेत्रभित्र सिमेन्टका १७ वटा र फलामका १० वटा बस्ने ठाउँ निर्माण गरिएको छ । अहिले त्यो वनक्षेत्र सेल्फी जोनको रुपमा रुपान्तरण भइरहेको छ ।’

वन क्षेत्रभित्र बालबालिकाहरुका लागि बेग्लै बालउद्यान पनि चाँडै निर्माण गरिने अभियानकर्मी युवाहरुको भनाई छ । स्थानीय युवा र विदेशमा बस्ने त्यस ठाउँका युवाहरुले मिलेर उठाएको २ लाख ३५ हजार रुपैंयाँको लगानीमा त्यस ठाउँको स्वरुप परिवर्तन गर्न सकिएको लिम्बुले बताउनुभयो । ‘जंगली हात्तीको डर तथा चोरी हुने डरका कारण उक्त बाटोमा पहिले मानिसहरु एक्लै हिँडडुल गर्न गाह्रो थियो । तर सेल्फी जोन निर्माण भए सँगै त्यस क्षेत्रमा मानिसहरुको भिड दिनानुदिन बढ्न सुरु भएको छ ।’ लिम्बुले भन्नुभयो, ‘सडकबत्तीका कारण विर्तामोड चारआली जस्ता बजारमा अबेरसम्म काम गरेर फर्किने मानिसहरुलाई पनि घर फर्कन सजिलो भएको छ । पहिला घरको बजारको र गाउँको फोहोर फ्याक्ने ठाँउमा अहिले फुल फुल्न थालेको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 + 16 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने