२०८३ बैशाख ५, शनिबार
 

चिसो रात (कविता)

prabhu bank home loan
-मानबहादुर खड्का
सडकको चिसो पेटीमा
आकाश ओढेर एक्लै निदायो
चिसो रात आज पनि
पूर्वमा मिर्मिरे आउने बेला
निदाएका मान्छेहरु उठाउन
अर्थात छोटो मृत्यूबाट
मान्छेहरु बिउताउन
कुखुराको भाले चिच्याईरहन्छ
कुखुराहरु चराहरु
अँधेरोको अन्त्य भएको
घोषणा गर्छन
उज्यालो घाम बोलाउछन
आँगनमा दिन बोलाउछन
र पनि
रात निदाएको सडकको चिसो पेटिमा
बिहान पनि अँधेरो नै झुल्किन्छ
बिहान पनि रात नै उदाउछ
पुरानो बोरा
पुराना पत्रीका
कोक फ्यान्टाका पुराना खाली बोत्तल
ओरिपरी जतनले जम्मा गरेर
सिङ्गो दुनियालाई चुनौति दिंदै
एक्लै एक्लै निंदाउछ
चिसो रात
एक्लै एक्लै बसेको बेला
मुटु भित्र आँसु भरिन्छ कहिले
घाँटीमा गाँठो परेको बेला
आँखाहरु पग्लिन्छन कहिले
भिडबाट उपेक्षित एक्लै उभिएर
मृत्यूको बाटो हेरेर बस्छ
चिसो रात

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने