२०८३ बैशाख ५, शनिबार
 

बाइडन राष्ट्रपति नियुक्त, उल्टीए ट्रम्प प्रशासनका केही नीति

प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने

prabhu bank home loan

एजेन्सी,

जो बाइडनले बुधबार ४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा शपथ लिनुभएको छ । अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पार्नुभएका बाइडनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराउनु भएको हो । सपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण शपथ ग्रहण समारोहमा सीमित व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो भने दुई साताअघि भएको हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति जो बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गर्नुभएको छ । कार्यभार सम्हालेको केही घण्टाभित्रै उहाँले जारी गर्नुभएका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ ।

चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुझ्ने विभिन्न उपायहरू ती आदेशमा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने, सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने, आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने भएको छ ।

सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने कुरा पनि बाइडेनले उल्लेख गर्नु भएको छ । ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा भएको छ भने मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द गर्ने बाइडेनले घोषणा गर्नुभएको छ ।

कार्यकारी आदेश जारी गर्नु त बाइडनका लागि सबभन्दा सजिलो पाटो भएको बताइएको छ । खास परिवर्तन गर्न त अब उहाँले यी विषयलाई दीर्घकालीन स्थायित्व दिनेगरि नीतिगत व्यवस्था गर्न सक्नुपर्छ । त्यसका निम्ति बाइडनले कङ्ग्रेससँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बीबीसीले लेखेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने