२०८३ बैशाख ५, शनिबार
 

गभर्नर महाप्रसादको अबैध धन्धा

prabhu bank home loan

काठमाडौ – नेपाल राष्ट्र बैंकका प्रमुख गभर्नर महाप्रसाद अधिकारीले सरकारी सवारी साधनहरुको दुरुपयोग गरि अबैध कमाई गर्ने गरेको तत्थ्य बाहिर आएको छ । आफ्ना कार्यालयमा भएका सवारी साधनहरु अन्य कम्पनी तथा व्यक्तिलाई दिएर उनीहरुबाट नगद असुल गर्ने गरेको प्रमाण हामीलाई प्राप्त विवरणहरुले देखाउछ ।

नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले उपलब्ध गराएको विवरण अनुसार २०७८ पुष २० गते सम्म नेपाल राष्ट्र बैंकसँग जम्मा १२९ वटा सवारी साधनहरु रहेको देखिन्छ । विभागका अनु्सार १२९ मध्ये गभर्नरले १ , डेपुटी गभर्नरहरुले २, कार्यकारी निर्देशकहरुले १८ र निर्देशकहरुले ५७ गरि ७८ वटा सवारी साधन केन्द्रिय कार्यालयमा र विरगंजमा ४, धनगढीमा ४, विराटनगरमा ४, जनकपुरमा २, नेपालगंजमा ४, सिद्धार्थनगरमा ३, पोखरामा २ र सुर्खेतमा २ वटा गरी जम्मा २५ वटा सवारी साधनहरु उपत्यका बाहिरका कार्यालयहरुले उपभोग गरीरहेका छन् भने ३ वटा सवारी साधनहरु  चालु अवस्थामा छैनन् ।

केन्द्रिय कार्यालयमा निर्देशक तह सम्मलाइ सवारी साधनको सुविधा दिएको  भएपनि निर्देशक भन्दा तल्लो तहका कर्मचारीहरुलाई भने सवारी साधनको सुविधा नदिईएको विभागले दिएको सवारी साधनहरुको विवरणले देखाउँछ ।
विभागले दिएको जानकारीलाई हेर्ने हो भने १ वटा मोटरसाईकल लगायत ७८ वटा सवारी साधन केन्द्रिय कार्यालयले र २५ वटा सवारी साधन उपत्यका बाहिरका कार्यालयहरुले उपभोग गरिरहेका छन् भने ३ वटा सवारी साधनहरु केन्द्रिय कार्यालयमा चालु नरहेको अवस्था छ ।

नेपाल राष्ट्र बैंकमा रहेको १२९ सवारी साधनहरु मध्ये १०७ वटा सवारी साधनहरु कार्यालयमा प्रयोग भइरहेको देखिन्छ भने २२ वटा सवारी साधनहरु कुन अवस्थामा छन् भन्ने विभागले दिएको जानकारीमा देखिदैन । २२ वटा सवारी साधनहरु कुन अवस्थामा कहाँ छन् भन्ने कुरा विभागले लुकाउनुमा गभर्नर र कर्मचारिहरुको मिलेमतोमा ती सवारी साधनहरुको दूरुपयोग भएको प्रस्ट हुन्छ ।

 

ती सवारी साधनहरु कहाँ के कस्तो अवस्थामा छन् भनि  हामीले केन्द्रिय बैंकका प्रवक्तालाई नेपाल राष्ट्र बैंकको वेवसाईटमा उपलब्ध मोवाइल नम्बरमा सम्पर्क गरेका थियौ । हाम्रो संचार गृहको नम्बर ब्लक गरेकोले हामीले उनीसँग कुरा गर्न सकेनौ । उनलाई हामीले कार्यालयको नम्बरमा पनि  सम्पर्क गर्न खोजेका थियौं कार्यालयमा सम्पर्क  गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

त्यस्तै हामीले नेपाल राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका विभागीय प्रमुख ऋषीकेश भट्टलाई सम्पर्क गरेका थियौ । उनी पनि सम्पर्कमा आउन चाहेनन ।

अन्तिममा हामीले गभर्नरको मोवाइलमा सम्पर्क गरेका थियौ । गभर्नरले पनि हाम्रो संचार गृहको मोवाइन नम्बर  ब्लक गरेको पायौ र हामीले कार्यालयको टेलिफोनमा सम्पर्क गर्दा  सम्पर्कमा आउन चाहेनन् ।
जनताको सुशुचित हुने हकलाई अपमान गर्ने नेपाल राष्ट्र बैंकका कर्मचारी र कार्यकारीहरु सम्पर्कमा  नआएको र जवाफ दिनबाट भागेकोले ती सवारी साधनहरुको दूरुपयोग  गरि अबैध कमाई गर्ने गरेको प्रस्ट हुन्छ ।

नेपालमा संचालन भएका विभिन्न हाईड्रोपावर, एनजियो, आईएनजियो र व्यक्तिहरुले रातो प्लेटको सवारी साधनहरु भाडामा दिई महिनाको करीव २५ देखि ३० हजार भाडा पाइरहेका छन् । एक दिनको लागि भाडामा सवारी साधन लिदा दिनकै ५ देखि १० हजार भाडा तिरेको पनि हामीले देखेका छौं । नेपाल राष्ट्र बैंकका गभर्नरले पनि त्यसरी नै सवारी साधनहरु भाडामा दिई अबैध कार्य गरीरहेको निस्कर्षमा हामी पुग्यौं । यसरी गरीने अबैध कार्यमा कार्यकारी प्रमुख वा गभर्नरको संलग्नता नभई अन्य कर्मचारीहरुले गर्ने आँट गर्न सक्दैनन् ।
२२ वटा सवारी साधनहरुबाट महिनाको करीव रु पाँच लाख पचास हजार र वर्षको करीव छैसट्ठी लाख कमाई हुने देखिन्छ । यो अबैध कमाई गभर्नर लगायत अन्य कर्मचारीहरुले बाँडेर खाने गरेको देखिन्छ ।
नेपाल विद्युत प्राधिकरण, मेलम्ची खानेपानी आयोजनाको सवारी साधन सम्बन्धित मन्त्रालय वा मन्त्रीले उपभोग गरीरहेको समाचार हामीले सुनेका छौ । राष्ट्र बैंकले पनि २२ वटा सावरी साधन नेताहरुलाई उपभोग गर्न दिईरहेको छ वा सवारी साधनहरु भाडामा दिई अबैध कार्य गरीरहेको  छ राष्ट्र बैंकका कर्मचारी र कार्यकारीहरुले जवाफ दिन जरुरी छ ।

 

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 + 18 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने