२०८१ माघ ११, शुक्रबार
 

एनएमबि बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा सोमबार बैंकको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको हो।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ। सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचारसमेत व्यक्त गरेका थिए।

वार्षिक साधारण सभाद्वारा आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ। बैंकको २०७९ असारसम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब रूपैयाँ र कर्जा १८२.०९ अर्ब रूपैयाँ रहेको छ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने