२०८२ बैशाख १७, बुधबार
 

एनएमवि बैंकलाई कारवाही गर्न माग गर्दै पर्यो राष्ट्र बैंकमा उजुरी

काठमाडौँ – ऐन विपरीत काम गरेको भन्दै एनएमबि बैंक विरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ । बैंकले आर्थिक वर्ष २०७७/२०७८ मा उत्पादनशिल/तोकिदिएका क्षेत्रमा गरेको कर्जा लगानिको विवरण राष्ट्र बैंकमा बुझाउँदा कर्जा स्विकृत नै नगरि कर्जा स्वीकृत गरेको फर्जी विवरण बुझाएको भन्दै राष्ट्र बैंकमा उजुरी परेको हो ।

सूचना अभियान्ता अंगराज भारतीले बैंकले कर्जा स्वीकृत नै नगरेर कर्जा स्वीकृत गरेको भनि नियमक निकायलाई विवरण पठाएको भन्दै उक्त विवरणमाथि अध्ययन गरी कारवाही गर्न माग गरेका हुन् । बैंकले उपलब्ध गराएको विवरण अनुसार २०७७ मंसिर मसान्तसम्म साना, घरेलु तथा मझौला उद्योग क्षेत्रमा बैंकले जम्मा रु. ३००३.८१ (रु. दश लाखमा) मात्र कर्जा प्रवाह गरेको थियो । सो कर्जा पुष मसान्तसम्म आईपुग्दा बढेर रु. १३७१०.१४ (रु. दश लाखमा) पुगेको नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।

एक महिनाको अवधिमा करिब १०७०६.३३ (रु. दश लाखमा) ले कर्जा बढेको भन्दै यसरी एउटै शिर्षकमा कर्जा प्रबाह गर्न असम्भव भएको भारतीको भनाई छ । नेपाल राष्ट्र बैंकले अध्ययन नै नगरी बैंकले जे पठायो त्यही विवरणको आधारमा प्रतिवेदन प्रकाशित गरेको भन्दै बैंक सुपरीवेक्षण विभाग प्रमुख डेपुटी गभर्नर बमबहादुर मिश्र कहाँ उजुरी परेको हो ।

भारतीले सुपरीवेक्षण विभागका अन्य कर्मचारीको पनि मिलेमतो भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । ‘गल्ती जो कसैबाट भएको होस् सो गल्तीलाई स्वीकार गरी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९०, ९५ र बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०७३ को दफा ५०, ५३, ५५, ५८ र १०३ ले गरेको व्यवस्था विपरीत कार्य गरेकोले दुबै ऐनले गॅरेको व्यवस्था अनुसार बैंकलाई हदैसम्मको कारवाही गरी सो को जानकारी मलाई पनि उपलब्ध गराउन एउटा सचेत नागरिक तथा बैंकको शेयर धनीको हैसियतले हार्दिक अनुरोध गर्दछु ।’ भारतीद्वारा दर्ता गरिएको उजुरीमा भनिएको छ ।

उजुरीका सम्बन्धमा चंखेली खवरलाइ जानकारी आएपछि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग कुराकानी गर्न खोज्दा उनको फोन नै उठेन । फोन नउठेपछि हामिले एनएमबी बैंकले ऐन विपरीत कार्य गरेकोले कारवाही गर्न नेपाल राष्ट्र बैंकलाइ पठाएको पत्र प्राप्त भएको छ त्यस विषयमा विस्तृत कुराकानी गर्नु पर्ने भएकाले हामिलाइ समय मिलाइदिनुहोस् भनेर म्यासेज गर्दा पनि कुनै जवाफ आएन । यसरी जवाफ दिनबाट भाग्नुले उनको पनि मिलेमतो भएको शंका प्रस्ट हुन्छ। यदि उनको मिलेमतो नभए किन कारबाहिको प्रकृया अगाडि बढाएनन् ? किन जवाफ दिनबाट भाग्दै छन् ?

हामिलाइ प्राप्त विवरणअनुसार बैंकले उक्त समयमा गरेको कुल कर्जा लगानीभन्दा उत्पादनशील क्षेत्रमा गरेको लगानी  बढी देखिएको छ । तर राष्ट्र बैंकले यस विषयमा अध्ययन नै नगरी विवरण प्रकाशन गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seventeen − three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने