२०८२ असार ६, शुक्रबार
 

भक्तपुर–२ मा काँग्रेसका दुर्लभ थापा विजयी, एमालेका महेश बस्नेत ९ सय मतले पराजित

भक्तपुर – भक्तपुर २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी हुनुभएको छ ।

मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार उहाँले नेकपा (एमाल)का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गर्नुभएको हो ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत रहेको थियो । सो मध्ये कांग्रेसका उम्मेदवार थापाले २४ हजार दुई सय ३८ मतले अग्रता प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गर्नुभएको छ ।

भक्तपुर–२ मा विसं २०४६ मा बहुदल पुनःस्थापनापछि कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका छन् । विसं २०४८ मा कांग्रेसका जगनाथ आचार्य विजयी भएको यस क्षेत्रमा यसपछि क्रमश विसं २०५१ को मध्यावधि निर्वाचनमा नेमकिपाका आशाकाजी बासुकला, ०५६ को निर्वाचनमा पुन कांग्रेसका लेखनाथ न्यौपाने, ०६४ सालको निर्वाचनमा नेमकिपाका सुनील प्रजापति, २०७० सालको निर्वाचनमा कांग्रेसका रामेश्वर ढुङ्गेल र २०७४ सालमा भने एमालेका बस्नेत विजयी भएका थिए ।

भक्तपुर क्षेत्र –१ मा नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले पाँच हजार नौ सय ७३ , राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले तीन हजार सात सय ३३, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार तीन सय ५२ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिनुभयो ।

कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो । मत गणना सक्दा दुई हजार ५३ मत बदर भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने