२०८३ असार ८, सोमवार
 

गल्छी र थाक्रेको मतगणना सकिँदा पाण्डे अगाडी,हिमेशको मत कति ? हेर्नुहोस्

prabhu bank home loan

धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गल्छि र थाक्रेको गाउँपालिका सबै वडा र धुनिबेशी नगरपालिका २ वटा वडाको मतगणना सकिएको छ ।

बैरेनी स्थित महेशदोभानमा जारी मतगणनामा एकिकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले ९८० मतले अघि छन् । ३२ हजार ४ सय ३१ मतगणना हुँदा उनले १३ हजार ६ सय ०८ मत प्राप्त गर्नु भएको छ, भने एमालेका भुमि त्रिपाठीले १२ हजार ६ सय २८ मत प्राप्त गर्नु भएको छन् ।यो क्षेत्रमा एमाले र राप्रपाको तालमेल छ भने एकिकृत समाजवादी, काँग्रेस र माओवादीको अर्को गठबन्धन छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ४ हजार ४४३ मत पाप्त गर्नु भएको छ। अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले ६७९मत पाप्त गरेका छन् । अहिले सम्म धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधीसभा तर्फ गल्छि गाउँपालिकाको थाक्रे गाउँपालिकाको र धुनिबेशी नगरपालिकाको २ वटा वडाको मतगणना सकिएको हो । धुनिबेशीको अरु वडाको मतगणना जारी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने