

काठमाडौं – प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका- २ घर भई हाल काठमाडौ्को बानेश्वरमा बस्ने ४६ वर्षीय दिपकचन्द्र आचार्य रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापागाउँबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धानको लागि प्रहरी वृत गौशाला पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

