२०८३ बैशाख ८, मङ्लबार
 

अनधिकृत व्यक्तिले करको दर हेरफेर गरेको पुष्टि भएन : प्रतिवेदन

prabhu bank home loan

काठमाडौं – संसदीय विशेष छानबिन समितिले अनधिकृत व्यक्तिले बजेटमा करको दर हेरफेर गरेको पुष्टि नभएको निष्कर्ष निकालेको छ । समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदनमा त्यस्तो निष्कर्ष निकालिएको छ ।

प्रतिवेदनमा सिसिटिभी फुटेज र कर्मचारीहरूसँगको बयान लिँदा १४ जेठमा अनधिकृत व्यक्तिको अर्थ मन्त्रालयमा प्रवेश पुष्टि नभएकाले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नतामा करका दर हेरफेर भएको पुष्टि नहुने समितिको निष्कर्ष छ ।

समितिले राजस्वका दर निर्धारण निकै संवेदनशील रहेकाले यसका प्रक्रियामा सहभागीहरूको अभिलेख तथा सुझावलाई सुरक्षित राख्नुपर्ने सुझाव दिएको छ । ‘आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व व्यवस्थापन महाशाखा, राजस्व सचिव र अर्थसचिवले गरेका कामकारबाहीहरूको लिखित अभिलेख व्यवस्थित गर्नुपर्ने, निर्णयहरूको अभिलेख राख्नुपर्ने, तल्लो तहबाट प्रस्ताव गरिएका नीति र दरहरूको सिफारिसको अभिलेख सुरक्षित राख्नुपर्ने छ,’ प्रतिवेदनमा भनिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

20 − one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने