२०८३ असार ८, सोमवार
 

दोहोरो अंकले बढ्यो नेप्से

prabhu bank home loan

काठमाडौं – साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १२.९२ अंकले वृद्धि हुँदा २१४०.३९ अंकमा बन्द भएको छ ।

दुई घण्टा मात्रै कारोबार हुने शुक्रबार नेप्सेमा ५१ लाख ११ हजार ३१० कित्ता सेयर किनबेच हुँदा २ अर्ब १९ करोड १६ लाख २० हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १२ करोड ८६ लाख ५० हजारको कारोबार हुँदा लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख ४ हजारको कारोबार भएको छ ।

शुक्रबार १८३ कम्पनीको सेयर कारोबार भएकोमा १०३ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ७१ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ । मर्जरमा जाँदा सेयर कारोबार रोक्का रहेको रिलायन्स लाइफको सेयर शुक्रबार कारोबार हुँदा १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यस्तै राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यता बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य ३.४८ प्रतिशतले गिरावट हुँदा जोशी हाइड्रोपावरको सेयरमूल्य २.५६ प्रतिशतले गिरावट भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ten + 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने