२०८३ बैशाख ९, बुधबार
 

नेपाली फिल्मको लागि शहिद हुन तयार छु : भुवन केसी

prabhu bank home loan

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले आफू फिल्म क्षेत्रको विकासका लागि शहीद हुन समेत तयार रहेको बताएका छन् । यसका लागि आफू जहाँसुकै जान सक्ने समेत उनले बताए ।

बुधबार पदभार ग्रहणपछि आयोजित स्वागत कार्यक्रममा बोल्दै उनी केही आक्रामक सुनिए । उनको यो आक्रामकता उनले धेरै पहिलेदेखि भन्दै आएको विदेशी फिल्मको नियन्त्रणतर्फ केन्द्रित रहेको अनुमान गरिएको छ ।

उनले भने, ‘मेरो तन, मन, धन र मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्रकर्मीको उत्थान र विकासको लागि हो । यदि म एक जना भिक्टिम भएर, म एक जना शहीद भएर मेरो चलचित्र क्षेत्र मेरो कलाकारिता क्षेत्र मेरो कलाकार प्राविधिक साथी, मेरो देश भाषा र संस्कृति क्षेत्रको राम्रो हुन्छ भनेदेखि बरु म शहीद हुन तयार छु । त्यसकारण म जहाँ पनि जान तयार छु चलचित्र क्षेत्रको लागि ।’

भुवन केसीजस्तो वरिष्ठ कलाकार राजनीति नियुक्तिको आधारमा अध्यक्ष पदमा पुगेको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले यस्तो जवाफ दिएका थिए । चाँडै गोलमेच सम्मेलन गर्ने र चलचित्रकर्मीको सुझाव संकलन गर्ने भुवनको योजना छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने