

ललितपुर – ललितपुरको ग्वार्कोमा सवारी दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।
ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिदा एकजना घाइते भएका हुन् । बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको हो । बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् ।
५० वर्षीय नकलबहादुर महर्जनले चलाएको बस आकाशे पुल नजिकै दुर्घटना भएको हो । बसमा यात्रु भने थिएनन् । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

