

भक्तपुर – भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाकाे मृत्यु भएकाे छ । त्यस्तै, १२ जना घाइते भएका छन्।
भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले दिनुभएकाे जानकारी अनुसार सल्लाघारीमा रुख सडकमा ढल्दा ठिमीबाट भक्तपुर दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको थियो ।
घाइतेहरुको इवामुरा अस्पताल सल्लाघारी, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ ।

