२०८३ बैशाख ९, बुधबार
 

थाक्रे गाउँपालिकाको ९३ ‌औ कार्यपालिका वैठक सम्पन्न यस्ता छन् निर्णय

prabhu bank home loan

किरण पराजुली

धादिङ – धादिङको थाक्रे गाउँपालिकाको ९३ ‌औ कार्यपालिका वैठक आज सम्पन्न भएको छ ।

पालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा वसेको वैठकमा गाउँपालिकामा रहेका करार कर्मचारीको म्याद थप, अपाङ्ग समन्वय समिति पुनर्गठन, भूमि बर्गिकरण  र बिक्री तथा निकासी करको ठेक्काको म्याद थप लगायतका विषय बैठकमा छलफल गरिएको थियो।

उक्त बैठकमा पालिका भित्र रहेका शिक्षकहरूको अनुगमन गर्न पालिका अध्यक्ष रामकुमार आचार्यको संयोजकत्वमा कार्यदल गठन गर्ने,  पालिका उपाध्यक्ष यन्त्र वहादुर जिन्दगीको संयोजकत्वमा अपाङ्ग समन्वय समिति गठन गर्ने, पालिकाका बिभिन्न ठाउँमा आवश्यक अनुसार नाइट भिजन सिसि क्यामेरा जडान गर्ने लगायतका निर्णय भएको थाक्रे गाउँपालिका  प्रवक्ता अमित कुमार घलेले बताउनुभयो ।

बैठकले भुमी बर्गिकरण सम्बन्धमा तत्काल विज्ञ प्राविधिकको समन्वयमा छलफल गरि जग्गा बर्गिकरण गर्ने निर्णय गरेको छ भने करार कर्मचारीको सम्बन्धमा वडा तहमा रहेका स्वास्थ्य तथा अन्य कर्मचारीहरूको म्याद थप गर्ने /नगर्ने वडाले सिफारिस गर्ने र पालिकाको स्वास्थ्य शाखा, पशु तथा कृषि शाखा, महिला तथा बालबालिका शाखा, आइटी अफिसर, प्रधानमन्त्री रोजगार, कार्यालय सहयोगी, पञ्जिकरण विभाग बाहेकका करार कर्मचारीको म्याद थप नगर्ने निर्णय भएको पनि प्रवक्ता घलेले बताउनुभयो।

हेर्नुहोस् आजको बैठका निर्णयहरु
१. भुमी बर्गिकरण सम्बन्धमा तत्काल विज्ञ प्राविधिकको समन्वयमा छलफल गरि जग्गा बर्गिकरण गर्ने र अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने
२. करार कर्मचारीको सम्बन्धमा वडा तहमा रहेका स्वास्थ्य तथा अन्य कर्मचारीहरूको म्याद थप गर्ने /नगर्ने वडाले सिफारिस गर्ने
३. शिक्षकको विषयमा श्रावण १५ गतेसम्म वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रध्यानाध्यापकको प्रतिवेदन लिइ पालिका स्तरको कार्यदल गठन गर्ने र भाद्र मसान्तसम्म अनुगमन गरि दरबन्दी मिलान गर्ने र आवश्यक परेमा शिक्षक सरुवा गर्ने र भाद्र मसान्तसम्म काम नसके करार माग गरि  नयाँ शिक्षक माग गर्ने
३. विधि, प्रक्रिया, कार्यविधि अनुसार पालिका उपाध्यक्ष यन्त्र वहादुर थापाको संयोजकमा अपाङ्ग समन्वय समिति पुनर्गठन गर्ने
४. बिक्री तथा निकासी कर बिषयमा २० जना करार कर्मचारी नियुक्ति गर्ने
५. महादेववेशि प्रहरी चौकी अगाडिको पर्खाल प्राविधिक समिति अनुसार निर्माण गर्ने

६. पालिकाको स्वास्थ्य शाखा, पशु तथा कृषि शाखा, महिला तथा बालबालिका शाखा, आइटी अफिसर, प्रधानमन्त्री रोजगार, कार्यालय सहयोगी, पञ्जिकरण विभाग बाहेकका करार कर्मचारीको म्याद थप नगर्ने

७. पालिकाका बिभिन्न ठाउँमा आवश्यक अनुसार नाइट भिजन सिसि क्यामेरा जडान गर्ने

८. बिक्री तथा निकासी करको ठेक्काको म्याद थप नगर्ने

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने