२०८३ बैशाख ९, बुधबार
 

आज २०७९ साउन ४ गते बुधवारको राशिफल

prabhu bank home loan

मेष – दाम्पत्य जीवनमा खुसियाली  छाउनेछ। आफ्नो स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घरपरिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछन् । आज नयाँ कामको थालनी समेत हुनेछ ।

वृष – शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनबाट अपमान हुनसक्छ । घर गृहस्थबारे आफन्तसँग विवाद हुनसक्छ ।

मिथुन – आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु बेस हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ ।

कर्कट –  आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा अपमान हुनसक्छ । घरपरिवार, मित्रमण्डलीसँग विवाद हुने काम नगर्नु नै बेस हुनेछ । आफ्नो नियमित काम मात्र गर्नुहोला ।

सिंह – आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्रामा समस्या हुनसक्छ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईंले गर्नुभएको कामबाट सन्तुष्ट प्राप्ति होला ।

कन्या – मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नु होला । कुनै नयाँ काम शुरु गर्न खोज्दा बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् ।

तुला – आजको दिन शुरु गरेको काम सफल हुनेछ । आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।

वृश्चिक -आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला । समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण चिन्ता उत्पन्न हुनसक्छ ।

धनु – व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकका लागि आजको दिन कन्यालाई भोजन र दान दिनुभएमा उन्नति र प्रगतिको बाटो खुल्नेछन् ।

मकर – तपाईंले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । चन्द्रमाको साथ छ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यात्रा गर्नु छ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच सम्बन्ध राम्रो हुनेछ ।

कुम्भ – मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा आफू बसेको स्थान नजिकको मठमन्दिर वा देवालयमा जानु उत्तम हुनेछ । अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले कामको अबमूल्यन गर्न सक्छन् । परिवारमा अनावश्यक विवाद पनि हुनसक्छ ।

मीन – सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । यात्राका लागि अवसर आउनसक्छ । सोचअनुसारको काम हुनेछ । व्यापार व्यवसायबाट फाइदा हुनेछ । अध्ययन अध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मानसम्मान मिल्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने