

काठमाडौँ – आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज ९३ हजार ८०० रुपैयाँ मात्रै पर्नेछ भने ९३ हजार ५०० रुपैयाँ तोकिएको तेजावी सुनलाई आज ९३ हजार ३०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ । महासंघका अनुसार यसअघि प्रतितोला एक हजार १६५ रुपैयाँ पर्ने चाँदीलाई आज एक हजार १६० रुपैयाँ मात्रै पर्ने भएको छ ।

