२०८३ बैशाख ९, बुधबार
 

काठमाडौं महानगरले खरिद गर्यो तीन दमकल

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ।

मेयर बालेन शाहका अनुसार तीन दमकल खरिद गरिएको हो।यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको र पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर शाहले बताए।

आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले बताए।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :

आगोको प्रयोगमा असाध्यै धेरै सावधानीको आवश्यकता जहाँसुकै र जहिलै हुन्छ । काठमाण्डौँ जस्तो क्षेत्रहरु जहाँ आफ्नै संरचनागत खराबीहरुले गर्दा आगलागीको जोखिम उच्च र नियन्त्रणमा सिमितता छ, त्यस्ता क्षेत्रहरुमा आगलागीका बिषयमा झन् धेरै सचेत र होसियार हुनै पर्छ ।

महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ । सोही अनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन् । दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ ।

तर सकेसम्म अग्नीदुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो । आगोको बिषयमा कहिलै पनि हेलचेक्राइँ नगरौँ । सावधान रहौँ । र, आफ्नो घर तथा कार्यालयमा उचित पुर्वतयारी गरौँ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

10 + eighteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने