२०८३ बैशाख ५, शनिबार
 

आज असार १५ अर्थात् किसानहरुको पर्व

prabhu bank home loan

काठमाडौं – आज असार १५, अर्थात किसानहरुको पर्व । आजकाे दिनलाई सरकारी तवरबाटै राष्ट्रिय धान दिवसकाे रूपमा समेत मनाइन्छ । यस अवसरमा  नेपालभर विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने गरिन्छ ।

विशेषगरी असार १५ मा असारे गीत गाँउदै धान राेप्ने, हिलाे खेल्ने र दहि चिउरा खाने पुरानाे परम्परा रहि आएकाे छ । दहि चिउरा खाने परम्परा कहिलेदेखि सुरू भयाे भन्ने एकिन नभएपनि धान राेप्ने चलन सुरू भएदेखि नै याे परम्परा रहेकाे मानिन्छ ।

नेपालकाे अर्थतन्त्र कृषिमा आधारित रहेकाे र धान नेपालमा लगाइने मुख्य बाली भएकाले नेपालमा धानबालीकाे ठूलाे महत्व रहेकाे छ ।

सिंचाइकाे राम्राे सुविधा अधिकांश फाँटहरूमा नभएकाले धान लगाउन आकाशे पानीमै भर पर्नुपर्ने बाध्यता रहेकाे छ । त्यसैले वर्षायाममा कृषकहरूलाई धान राेप्ने चटाराे हुन्छ ।

कहिलेबाट सुरु भयो धान दिवस ?

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।

किन खाइन्छ असार १५ मा दहि चिउरा ?

स्वादिलाे र स्वस्थबर्धक हुने भएकाले पनि १५ असारमा विशेष खाजाकाे रूपमा दहि चिउरा खाने चलन बसेकाे मानिन्छ । दहि चिउराकाे खाजाले राेपाइ गर्दाकाे थकान मेटाउने र शरिरमा उर्जा भर्ने विश्वास रहि आएकाे छ ।

असारकाे मध्यमा याे पर्व पर्ने भएकाले खेतमा काम गर्न्र लाठे, राेपारहरूले खाजाकाे रूपमा दहि, चिउरा, केरा खाने गर्छन् । गर्मीमा दहिले शित्तलता पनि प्रदान गर्ने गर्छ ।

आफ्नाे खेतिपाती नभएका मानिसहरू समेत १५ असारकाे दिनमा मात्रै भएपनि अरूकै खेतमा गएर खेतकाे काम गर्ने, हिलाे खेल्ने र दहि चिउरा खाँदै रमाइलाे गर्ने गर्छन् ।

तन्नेरी लाठे र राेपारबीचमा हिलाे छ्यापाछ्याप गर्ने र असारे भाकाकाे गीत गाउने चलन पनि छ । असार १५ मा दहि चिउरा खाएर खेतमा काम गर्ने पुरानाे परम्परालाई सम्झँदै आजभाेली नेपालका गाउँमा मात्रै हाेइन शहरबजारमा समेत आजकाे दिनलाई दहि चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ ।

खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका र विदेशमा भएका नेपालीले पनि आज दहि चिउरा खाई असार १५ मनाउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

11 + 8 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने