

मेष – शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला ।
बृष – सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । पढाइमा राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ ।
मीथुन – बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । विगतको श्रमबाट भने लाभ हुनेछ । विभिन्न अवसर पाइने समय छ ।
कर्कट – प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मनपर्ने बस्त्र, अलंकार आदि उपहार पाइने योग छ।
सिंह – काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।
कन्या – प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ ।
तुला – पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ ।सहयोगी वा हितैसी जनले तपाईंको कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् ।
बृश्चिक – प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।
धनु – परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
मकर – पढाइमा राम्रै प्रगति होला । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढिरहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।
कुम्भ – स्वादिष्ट भोजनको आनन्द पाइएला । पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला । प्रयास गर्दा रोकिएका काम बन्नेछन् । नयाँ काम पाइने योग छ ।
मिन – काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । फाइदा कममात्र हुनेछ । पठन पाठनमा त्यति समय दिन नसकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरण पोषणमा खर्च बढ्नेछ ।

