२०८३ असार ६, शनिबार
 

बजेटपछि साताभर नै सेयर बजार ओरालो

prabhu bank home loan

काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार घटेको छ । यो साता आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएको थियो । सोमबार पहिलो कारोबार दिनबाटै घट्न थालेको बजार त्यसयता हरेक दिन ओरालो लाग्यो । सेयर बजार शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा पुग्यो ।

शुक्रबार उपसमूह राताम्य हुँदा सबैभन्दा धेरै नीर्जिवन बीमा र व्यापार उपसमूहका लगानीकर्ताले गुमाए । शुक्रबार २२६ कम्पनीको २६ हजार ६९३ वटा कारोबाटबाट ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर किनबेच भयो । यसबाट कुल १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँको कारोबार भएको छ ।

शुक्रबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्दा बलेफी हाइड्रो पावरको ९.९८ प्रतिशतले बढ्यो । किसान लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८.९५ प्रतिशतले घट्दा मुल्य ९१८.१० रुपैयाँमा झरेको छ । उन्नती सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.६५ प्रतिशतले घटेको छ । शुक्रबार एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने