२०८३ बैशाख १७, बिहिबार
 

काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा

prabhu bank home loan

काठमाडौं –  काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)को जीत सुनिश्चित भइसकेको अवस्थामा अब अन्तिम ३ वटा मात्रै मत पेटिकाको मत गणना गर्न बाँकी रहेको छ ।

हालसम्म स्वतन्त्र उम्मेदवार वालेन्द्र साह आफ्नो निकटमत प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंह भन्दा २१ हजार ६०७ मतान्तरका साथ अगाडि रहेका छन् । ५९ हजार १४९ मतका साथ वालेन अग्र स्थानमा रहेका छन्, भने उनका प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छन् ।

त्यस्तै नेकपा (एमाले)का केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । उनले ३७ हजार २१८ मत प्राप्त गरेका छन्, भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ३२२ मत, राप्रपाका मदनदास श्रेष्ठले २ हजार ९९६ मत र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ३४४ मत प्राप्त गरेकी छन् ।

त्यस्तै काठमाडौं महानगरको उपमेयरमा नेकपा (एमाले)की सुनिता ढंगोलको पनि जीत सुनिश्चित भइसकेको छ । हालसम्म उनी प्रतिस्पर्धी नेकपा (एस)का रामेश्वर श्रेष्ठ भन्दा ३५ हजार ८७७ मतान्तरले अगाडि छन् । सुनिताले ५३ हजार ६४२ मत प्राप्त गरिसकेकी छन्, भने रामेश्वरले १७ हजार ७६५ मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 + seventeen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने