२०८३ भदौ २०, शनिबार
 

शिष्टाचार अभियान नेपालद्वारा अवरुद्ध संसदबाट लिएको तलब भत्ता फिर्ता गर्न माग

prabhu bank home loan

काठमाडौं – शिष्टाचार अभियान नेपालले ९ महिनासम्म अवरुद्ध संसदबाट लिएको तलब भत्ता फिर्ता गर्न सांसदहरूसँग माग गरेको छ।

शिष्टाचार अभियान नेपालले शनिबार ललितपुरको फुलचोकी डाँडामा एक कार्यक्रम गरि ९ महिनासम्म अवरुद्ध संसदबाट लिएको तलब भत्ता जघन्य भ्रष्टाचार भएकाले उक्त तलब भत्ता राज्य कोषमा जम्मा गर्न माग गरेको छ।

ललितपुरको फुलचोकी डाँडामा भेला भएका शिष्टाचार अभियानका अभियन्ताहरुले ‘नौ महिनासम्म अवरुद्ध संसदबाट बिनाकाम लिएको तलब भत्ता तुरुन्त राज्यकोषमा जम्मा गर्नुहोस्, यो जघन्य भ्रष्टाचार हो ।’ भन्ने नारा  पटक पटक लगाएर  विरोध जनाएका हुन् ।

रत्नपार्कमा विरोध गर्दा जोरपाटी बन्द हुने र त्रिपुरेश्वरमा विरोध गर्दा थानकोट बन्द हुने हुनाले सर्वसाधारण जनतालाई असर नपर्ने गरी शिष्ट तरिकाले विरोध गर्नुपर्छ भन्ने मान्यता राखि  फुलचोकी डाँडामा गएर कार्यक्रम गरिएको शिष्टाचार अभियानका अध्यक्ष सुमन दाहालले बताउनु भयो ।

समाजमा बढ्दै गएको भ्रष्टाचारलाइ‌ अन्त्य सर्न सबैजना आ-आफ्नो ठाउँबाट शिष्ट तरिकाले लाग्नुपर्ने अभियानका उपाध्यक्ष दामोदर निरौलाले बताउनुभयो।

 

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने