२०८३ मंसिर १३, शनिबार
 

धादिङमा ६५ प्रतिशत मत खस्यो,गणना भोलि बिहानदेखि शुरु हुने

prabhu bank home loan

धादिङ – धादिङमा करिब ६५ प्रतिशत मत खसेको छ । जिल्लामा रहेकोे २ लाख ६८ हजार ४७२ मतदातामध्ये ६५ प्रतिशतले मतदान गरेका जिल्ला निर्बाचन कार्यालय धादिङले जनाएको छ ।

अघिल्लो स्थानिय तहको निर्वाचनमा धादिङका २ लाख ६ हजार २ सय मतदातामध्ये १ लाख ५४ हजार ३ सय ७४ मत (५१ प्रतिशत) खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

१३ वटा स्थानिय तह रहेको धादिङमा अघिल्लो निर्वाचनमा अधिकांश स्थानिय तहमा एमालेले जितेका थिए । अहिले अझै कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

धादिङमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजबादीको गठबन्धन रहेको छ भने नेकपा एमालेले एक्लै प्रतिस्पर्धा गरेको छ । अहिले मतपेटिका आउने क्रम सुरु भैसकेको र राती १२ बजेसम्म सबै संकलन भइसक्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार शनिबार बिहानबाट मात्रै मतगणना सुरु हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

13 − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने