२०८३ बैशाख १७, बिहिबार
 

काङ्ग्रेस उम्मेदवारको भारतीय गाडिमा चुनाव प्रचार

prabhu bank home loan

धादिङ – स्थानीय तहको निर्वाचनको प्रचारमा नेपाली कांग्रेसका उम्मेदवारले आचारसंहिता विपरित भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको पाइएको छ । कांग्रेसको तर्फबाट नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्षका उम्मेदवार सीता गुरुङले भारतीय गाडी प्रयोग गरेकी हुन् ।

निर्वाचन आचारसंहिता विपरित उम्मेदवार गुरुङले यु.पी. ५६ भी ६७८६ नम्बरको गाडी प्रयोग गरेकी छन् । निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचारसंहितामै उल्लेख गरेको भएपनि कांग्रेसका उम्मेदवार गुरुङले भारतीय नम्बर प्लेटको गाडीमा कांग्रेसको चुनाव चिन्ह, झण्डा र आफ्नो फोटो सहितको प्रचार व्यानर प्रयोग गरेकी छन् ।

निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहरु निर्वाचन प्रयोजनको लागि एक प्रत्यक्ष उम्मेदवारले अधिकतम दुई ओटा हल्का सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृत लिई सञ्चालन गर्न पाउने प्रावधान छ ।

कुनैपनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने आचारसंहितामा प्रष्ट उल्लेख गरिएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

6 + nineteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने