

काठमाडौं – सम्पदाको संरक्षण गर्ने उद्देश्यले एनएमबी बैंकले भोलि शनिबार विहान ७ बजे ९ औँ हेरिटेज वाक कार्यक्रम गर्ने भएको छ।
‘सम्पदाको संरक्षण र सरोकार, सम्पन्न भविष्यको आधार’भन्ने नाराका साथ सुरु हुन लागेको हेरिटेज वाक एनएमबी भवन बबरमहलबाट सुरु भइ हनुमान ढोका पुगेर समापन हुनेछ।
बैंकले आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउन तथा तिनको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएको छ ।
भोलि विहान ७ बजेबाट सुरु हुने हेरिटेज वाक कार्यक्रममा सबैजनालाइ सहभागी हुन पनि बैंकले अनुरोध गरेको छ।

