

काठमाडौं – साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्य प्रति तोला एक लाख रुपैयाँ नाघेको छ बढेको छ ।
शुक्रबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

