

धादिङ – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धादिङमा २ लाख ६८ हजार ४ सय ७२ जनाले मतदान गर्न पाउने भएको छ ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने निर्वाचनमा जिल्लाभरका २ लाख ६८ हजार ४ सय ७२ जनाको अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो । जसमध्ये १ लाख ३६ हजार ४ सय ३१ जना पुरुष, १ लाख ३२ हजार ४० जना महिला र अन्य १ जना रहेका छन् ।
नीलकण्ठ नगरपालिकामा २१ हजार ७ सय ८५ जना पुरुष, २२ हजार ३ सय २६ जना महिला गरी ४४ हजार १ सय ११ जना र धुनिवेशी नगरपालिकामा १३ हजार २ सय ६० जना पुरुष, १२ हजार ४ सय ४१ जना महिला गरी २५ हजार ७ सय १ जना मतदाता रहेका छन् । त्यस्तै खनियाबास गाउँपालिकामा ४ हजार ९ सय २५ पुरुष, ४ हजार ८ सय ३ जना महिला,गंगाजमुना गाउँपालिकामा ९ हजार ९६ जना पुरुष, ९ हजार १ सय ७९ जना महिला गरी १८ हजार २ सय ७५ जना, गजुरी गाउँपालिकामा ९ हजार ९ सय १९ जना पुरुष, ८ हजार ६ सय ९२ जना महिला गरी १८ हजार ६ सय ११ जना, गल्छी गाउँपालिकामा १० हजार ७ सय ९ जना पुरुष, ९ हजार ९ सय ४३ जना महिला गरी २० हजार ६ सय ५२ जना, ज्वालामुखी गाउँपालिकामा १० हजार ८ सय २४ जना पुरुष, १० हजार ८ सय ३३ जना महिला गरी २१ हजार ६ सय ५७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ९ हजार ९ सय ७९ जना पुरुष, १० हजार २ सय २३ जना महिला गरी २० हजार २ सय २ जना रहेका छन् । थाक्रे गाउँपालिकामा १४ हजार ५२ जना पुरुष, १३ हजार २ सय ६७ जना महिला गरी २७ हजार ३ सय १९ जना, नेत्रावती डबजोङ गाउँपालिकामा ५ हजार ८ सय २१ जना पुरुष, ५ हजार ९ सय ७८ जना महिला गरी ११ सय ७ सय ९९ जना, बेनिघाट रोराङ गाउँपालिकामा ११ हजार ४५ जना पुरुष, १० हजार १० जना महिला गरी २१ हजार ५५ जना, रुवीभ्याली गाउँपालिकामा ४ सय ६ सय १८ जना पुरुष, ४ हजार ३ सय ३५ जना महिला गरी ८ हजार ९ सय ५३ जना र रुवीभ्याली गाउँपालिकामा १० हजार ३ सय ९८ जना पुरुष, १० हजार १० जना महिला गरी २० हजार ४ सय ८ जना मतदाता रहेका छन् ।
त्यस्तै धादिङमा १ सय ९ मतदान स्थल र ३ सय ३ मतदान केन्द्र हुने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

