

मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पेसा र व्यवसायबाट धन प्राप्त हुनेछ। सहयोगीहरूले काममा सहयोग गर्नेछन्। समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
दैनिक कार्यमा प्रगति हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनबाट सहयोग मिल्नेछ। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा शङ्का र डर पैदा होला। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही चुनौती पनि सामना गर्नुपर्ला । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा पनि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मायाँ प्रेममा आत्मियता बढ्नेछ।नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महिला मित्रसँग विशेष सहयोग मिल्नेछ। शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक कारोबारमा विवादमा परिएला।आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा बढ्ने देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक सेवामा मन जानेछ। माता पिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठन पाठनमा राम्रै प्रगति हुनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चोटपटकको सम्भावना भएकोले सचेत रहनुपर्नेछ।अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जीवनसाथीको सल्लाहमा काम गर्नालाई फाइदा हुनेछ।कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो गतिले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ ।
मिन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिवारमा मेलमिलापको योग रहेको छ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्य साथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ ।

