२०८१ माघ १०, बिहिबार
 

हाम्रो पार्टीलाइ देशभरका सभाहल साना हुन थाले: माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेशको लहरले देशभरका सभाहल साना हुन थालेको दाबी गरेका छन् ।

 

अखिल नेपाल महिला स‌ंघ (समाजवादी) जिल्ला कार्यसमिति काठमाडौंले आयोजना गरेको बृहत् महिला भेला तथा प्रशिक्षण कार्यक्रममा नेता नेपालले हिमालदेखि तराईसम्म नेकपा एसको पक्षमा जनलहर चलेको दाबी गरेका हुन् ।

 

‘हाम्रा पार्टीको कार्यक्रममा हल सानो हुन थाल्यो, कुर्सीले पुगेन । हिमाल, पहाड, तराई, पूर्व होस् या पश्चिम सबैतिर पार्टी फैलिएको छ,’ नेता नेपालले भने, ‘वैरीहरू आत्तिएर मानसिक सन्तुलन गुमाउन थाले । जब मान्छेको मानसिक सन्तुलन गुम्छ, बर्बराउन थाल्छ, के बोले थाहा हुँदेन । बर्बराउँछ र बेहोसी हुन्छ ।’

 

नेता नेपालले ६ महिनाको समयभित्र कुनै पार्टीले यत्रो आकार ग्रहण गर्न नसकेको उनको दाबी छ । ‘एमाले दक्षिणपन्थी भासमा भासिएको छ, हामी क्रान्तिकारी अडानमा उभिएका छौं । एमाले व्यक्तिवादमा चुर्लुम्म डुबेको छ, व्यक्तिवादमा डुबेपछि नेताहरू अहंकारमा डुबेका छन्, हामी व्यक्ति पूजामा लाग्दैनौँ । असल विचार, संस्कार र संस्कृतिलाई सम्मान गर्छौं,’ नेता नेपालले भने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने