२०८३ असार ६, शनिबार
 

उभौलीमा सार्वजनिक विदा दिने बागमती प्रदेशको निणर्य

prabhu bank home loan

हेटौँडा – बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले उभौली पर्वमा सार्वजिनक विदा दिने निणर्य गरेको छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे बैठकले चालु अधिवेशन अन्त्य गर्दै जेठ दुई गते थामी समुदायका लागि मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेकाे छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण करिब तीन महिना अवरुद्ध प्रदेशसभा बैठक पुनः सञ्चालन भएपछि दुई बैठक बसेर नवौँ अधिवेशन अन्त्य गरिएको हो ।

 

प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत १२ वटा बैठक सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको पछिल्लो समय गत फागुन २९ गते, ३० गते र चैत ८ गते बसेको बैठकले दुई वटा विधेयक पारित गरेको थियो भने अन्य तीन वटा विधेयक संशोधनको लागि पेश गरेको थियो ।

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने