२०८३ असार ६, शनिबार
 

देशभर यातायात कार्यालयका सर्भरमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द

prabhu bank home loan
  • काठमाडौं – देशभरका यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गरेर सर्भरहरुमा विद्युतीय समस्या देखिएको बताउँदै बुधबार (आज) अपरान्ह ५ बजेदेखि सबै सेवा अनिश्चितकालका लागि बन्द गरिने जनाएको हो ।

 

विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालद्वारा जारी सूचनामा भनिएको छ, ‘विभागका सर्भरहरुमा विद्युतीय समस्य देखिएको र सो समस्या समाधान गर्न आज अपरान्ह ५ः०० बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवाहरु अवरुद्ध हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’

 

योसँगै अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीलगायतका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ । त्यसोत, यस अगाडि नै विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरिसकेको छ ।


यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने