

- एमसिसीको विरोध तथा भ्रष्टाचार बढेको भन्दै पछिल्ला दिनमा सामाजिक संजाल मार्फत विरोध प्रदर्शन गरिरहेको नेपालकालागि नेपाली पार्टीले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । सामाजिक संजालबाट सडकमा ओर्लिएको यो पार्टीले विभिन्न प्लेकार्डहरु लिएर शान्तिपूर्ण प्रदर्शन गरेको हो ।
मुलुक बचाउन र स्वाभिमानी नेपाली बन्न एमसिसिको विरोध गरौं भन्दै सडकमा उत्रिएको नेपालका लागि नेपाली पार्टीको विरोध सभामा कलाकार राजाराम पौडेल, डा. सुरेन्द्र भण्डारी, धर्म गुरु श्री निवासको समेत उपस्थिति रहेको थियो । त्यस्तै सत्य सनातन वैदिक धर्म सापेक्ष राष्ट्रको माग गर्दै स्वस्ति वाचन र शंखघोष गरी कर्यक्रमको शुभारम्भ गरिएको थियो ।
धर्म गुरु श्री निवासले “तपाईं हाम्रो देश कसैको अधिनमा नरहेको देश पुर्खा हरुले दुख गरेर हिन्दु राज्य स्थापना गरेको देश आज कता जादै छ रु हामी गुरुहरु पनि मन्दिर छोडेर सडकमा नेपाली सेनाको तातो गोलि खान तयार छौँ तर विदेशी बुट बजारिएको हामी सहन सक्दैनौं भन्दै” आक्रोश पोखे ।
एमसिसी खारेज गर, एनसेल बाट कर उठा, स्वाधीन नेपाललाई पराधिन बनाउन पाइदैन, एमसिसी चाहिदैन, हाम्रो स्वाभिमान हाम्रो शान, स्वतन्त्र राष्ट्र हाम्रो पहिचान जस्ता नारालाई प्लेकार्ड मार्फत प्रदर्शन गरिएको थियो ।

