२०८३ बैशाख १८, शुक्रबार
 

चिकित्सकहरुको परामर्श शुल्क बढ्यो, मेडिकल अफिसरको तलब ४२ हजार

prabhu bank home loan

काठमाडौं,

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले बुधबारबाट चिकित्सकहरुको परामर्श शुल्क बढाएका छन् । संघ र अफिनले आजको मितिबाट लागू हुने गरी चिकित्सकहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

‘२०७१ सालदेखि चिकित्सकको परामर्श शुल्क बढेको थिएन, सबैको शुल्क बढ्दा चिकित्सकको शुल्क नबढेर चिकित्सकहरू हैरान थिए’ संघका अध्यक्ष डाक्टर लोचन कार्कीले भन्नुभयो, ‘ नेपाल राष्ट्र बैङ्कको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले गरेको सिफारिसको आधारमा चिकित्सकको परामर्श शुल्क निर्धारण गरेका हौं, यो वैज्ञानिक छ ।’

पाँच वर्षसम्म अनुभव भएका चिकित्सकको परामर्श शुल्क ३ सय ७० रुपैयाँ र ५ वर्षभन्दा बढी अनुभव भएकाहरुको ४ सय ५० रुपैयाँ तोकिएको छ । त्यसैगरी १० वर्षसम्म अनुभव भएका चिकित्सकको परामर्श शुल्क ८ सय २५ रुपैयाँ रहने छ ।

अस्पतालले आफूखुसी दिएको तलब बुझिरहेका निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब मासिक ४२ हजार रुपैंयाँ तोकिएको पनि अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरी चिकित्सकहरुको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो ।

सो प्रतिबद्धता कार्यान्वयन नभएपछि मँगलबार बसेको अफिन र नेपाल चिकित्सक संघको संयुक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

six − one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने