२०८३ बैशाख ८, मङ्लबार
 

भारतद्धारा प्रधानमन्त्री ओलीलाई कोरोना विरूद्धको १० लाख डोज खोप हस्तान्तरण

prabhu bank home loan

काठमाडौं,

भारत सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना विरूद्धको १० लाख डोज खोप हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरूप कोरोनाविरूद्धको १० लाख डोज खोप हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताउनु भएको थियो । उहाँले नेपालले आवश्यक खोपहरू खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरू भए मान्न तयार रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले भारतले नेपाललाई कोरोनाविरूद्धको खोप सहयोग गर्नु मित्रताको प्रतीकको रूपमा रहेको उल्लेख गर्दै यसले दुई देशबीचको एकतालाई देखाएको उल्लेख गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

6 − 6 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने