२०८२ जेष्ठ ६, सोमवार
 

क्यालेण्डरमा नविनता

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

क्यालेण्डरमा दशकौं अघिको नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्वीरहरु समावेश गरिएको छन् । तस्वीरहरुले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्ताहरुलाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्नेछ ।

क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउनु भयो । विगतका वर्षहरुमा क्यालेण्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो, ‘नेपालको विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।’

कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fifteen − 15 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने