२०८३ असार ७, आइतवार
 

सेयर बजारको ओरालो यात्रा जारी : नेप्से परिसूचक १९३४.११ अंकमा झर्यो

prabhu bank home loan

काठमाण्डौ – सेयर बजारको लगातारको ओरालो यात्रा आज पनि जारी रह्यो । आइतबार सेयर बजार परिसूचक नेप्से १९३४.११ अंकमा झर्न पुगेको छ । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ७.२९ अंकले घट्दै ३७३.८५ अंकमा झर्न पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

साताको पहिलो कारोबार  रहेको आइतबार १३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.८५ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको उपसूचक ३.६६ प्रतिशतले र फाइनान्स समूहको उपसूचक ३.५९ प्रतिशतले घट्न पुगेको छ ।

यस्तै, अन्य समूहको उपसूचक ३.६२ प्रतिशतले घटेको छ भने लगानीको उपसूचक २.२७ प्रतिशतले घट्न पुगेको छ । असार १ गतेदेखि सातामा आइतबारको सार्वजनिक विदा कटौती भएसँगै आइतबारसहित शुक्रबार ६ दिन नै कारोबार हुन थालेको बजारमा पहिलो दिन ३७।२७ प्रतिशतको गिरावट आएको हो । उसो त ३७ अंक माथिले घटेको बजारमा आज कारोबार रकम समेत १ अर्ब १३ करोड ४० लाखमा सीमित हुन पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

10 − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने