२०८३ असार ८, सोमवार
 

एनएमबी बैंकको नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

prabhu bank home loan

काठमाडौं – एनएमबि बैंकले आज शनिवारको दिन नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि बैंक,बबरमहलबाट शुरु भई बसन्तपुर डवली सम्म पुगि कार्यक्रम सम्पन्न भएको हो । यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको हो ।

समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागी सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बसन्तपुर डवलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, युनेस्काको सदस्य तथा सर्वसाधारणहरु गरी लगभग ५०० जनाको सहभागितामा एनएमबि भवन, बबरमहल, काठमाडौं देखी प्ले कार्ड सहित उक्त डवली क्षेत्रसम्म पुगी हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाईटी तथा स्थानिय सिन्हा स्वान खलालाई डस्टविनहरु  हस्तान्तरण गरिएको थियो ।

 

उक्त हेरिटेज वाकमा साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु,साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागी मार्गदर्शन, अतिथीको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना,  लगायतका नारा अंकित प्ले कार्डहरु थियो ।


उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाईटीकी अध्यक्ष श्रीमती अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य तथा पुरातत्वविद् श्री प्रकाश दर्नाल, युनेस्कोको कन्ट्री डाइरेक्टर श्री माइकल क्रोफ्ट लगायतले सम्पदा संरक्षणको महत्वको बारे प्रकाश पार्दै वक्तव्य दिनु भएको थियो भने एनएमबि बैंकका सञ्चालक समितिका सदस्य श्री उत्तम भ्लोनले स्वागत मन्तव्य दिनु भएको थियो साथै एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत श्री सुनिल के.सी.ले सांस्कृतिक सम्पदा हाम्रो राष्ट्रको गौरव भएको र यसलाई संरक्षण गर्न हामी हातेमालो गर्नु पर्नेमा जोड दिदै भन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 + 10 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने