२०८३ बैशाख ५, शनिबार
 

इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा १५ लाख ३० हजारको आवेदन

prabhu bank home loan

काठमाडौं,

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्राथमिक सेयर (आइपिओ) मा हालसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ । यहि माघ २ गतेबाट खुलेर मँगलबार ६ गते बन्द भएको आईपीओमा १५ लाख २९ हजार ४ सय ६० जनाले आवेदन दिएका छन् ।

बैंक मार्फत आवेदन दिएकाहरुको संख्या थप हुन सक्ने बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । झण्डै १५ लाख ३० हजार बढी आवेदकले कुल १८ अर्ब १२ करोड बढी रकमको सेयर माग गरेका छन् ।

मागभन्दा बढी आवेदन परेपछि आवेदन लिने कार्य पनि मँगलबारबाट बन्द भएको छ । धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ता र सोभन्दा बढी सेयर बाँडफाँड गर्न पुग्ने अवस्थामा १० ले गुणा जाने अंकमा बाँडफाँड गर्नुपर्छ ।

इन्फ्रास्ट्रक्चरमा परेको आवेदनअनुसार ४० कित्तासम्मका लागि आवेदन दिने सबैले मागेजति नै सेयर पाउने छन् । ५० कित्ता र सोभन्दा बढी सेयर माग गर्नेले भने गोलाप्रथाबाट ५० कित्ता वा ६० कित्तासम्म सेयर पाउने छन् ।

बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट थालेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने