२०८३ बैशाख ५, शनिबार
 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले खोल्यो अहिलेसम्मकै ठूलो आइपीओ

prabhu bank home loan

काठमाडौं,

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ शुक्रबार आजदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो अर्थात ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ जारी गरेको हो ।

बैंकले कुल सेयरमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिने सक्नेछन् । बैंकले प्रतिकित्ता १ सय अंकित मूल्यमा आइपीओ जारी गर्न लागेको हो । यस आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिमा आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ ।

यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल हो । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरमार्फत अनलाइनबाट पनि सेयर भर्न सकिनेछ ।

रेटिङ कस्तो ?
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्फ्रास्ट्रक्चर बैंकलाई ‘इक्राएनपी आइआर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ । जसले समयमा नैं वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा इन्फ्रास्ट्रक्चरलाई मध्यम श्रेणीको सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा जनाउँदछ । यस्तै, यस बैंकको आइपीओलाई पनि औसत भन्दा कम आधार जनाउने “इक्रा एनपी आइपीओ ग्रेड ४ प्लस’ रेटिङ दिइएको छ ।

कति कित्ता भर्ने आइपीओ ?
पछिल्ला दिनहरुमा आइपीओमा लगानीकर्ताहरुको अधिक आकर्षण देखिएको छ । दोस्रो बजार बढ्दै जाँदा प्राथमिक बजार (आइपीओ) मा सोही अनुसार सर्वसाधारण उत्साहित बनेका हुन् । यसबाहेक पछिल्ला आइपीओहरु दोस्रो बजारमा सूचीकृत भएपछि पनि मज्जाले भाउ बढिरहेको छ । सोही कारण पनि धेरैमा आशाको नयाँ सञ्चार देखिएको हो ।

यस कम्पनीको आइपीओमा पनि मोटामोटी १३ लाख लगानीकर्ताले आइपीओ भर्ने अनुमान गर्ने हो भने प्रतिआवेदक करिब ६० कित्ताजति शेयर पर्ने देखिन्छ । यसआधारमा त्यो भन्दा केही बढी आवेदक भए पनि सामान्यतयाः ५ हजार रुपैंयाँको वा ५० कित्ताका दरले आवेदन दिएमा सोही अनुपातमा शेयर पर्न सक्ने सम्भावना देखिएको छ । तथापि, यसमा कति आवेदन पर्छ? अनि आवेदक संख्या कति हुन्छ अहिल्यै अनुमान गरिहाल्नु त्यति उचित हुँदैन ।

कम्पनीको स्थापना र उद्देश्य: 
नेपाल इन्फ्रास्ट्रक्चर बैंक कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७५ जेठ २५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । यसले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा बैंकिङ कारोबार गर्न स्वीकृति प्राप्त गरेको थियो । बैंकले राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको हैसियतले २०७५ फागुन २२ गतेदेखि बैंकिङ कारोबार सञ्चालन गर्दै आइरहेको छ । यस बैंकका मुख्य उद्देश्यहरु निम्न अनुसार रहेका छन् ।

(क) पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने ।

(ख) पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने ।

(ग) पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागि आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, बिक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारका लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने ।

(घ) राष्ट्र बैंकको स्वीकृती लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने ।

(ङ) दीर्घकालिन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिबेन्चर जारी गरी श्रोत परिचालन गर्ने ।

(च) राष्ट्र बैंकको स्वीकृती लिई लिजिङ कारोबार गर्ने ।

(छ) विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने ।

(ज) राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने