

धादिङ – धादिङको थाक्रे गाउँपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ।
धादिङको थाक्रे गाउँपालिका खेलकुद समिति वडा नम्बर ४ ले आयोजना गर्ने उक्त फुटबल प्रतियोगिता असोज १० गते देखि १६ गते सम्म लिति महाङ्काल खेल मैदानमा संचालन हुनेछ ।
उक्त प्रतियोगितामा प्रथम पुरस्कार ६६ हजार ६६६ सहित ट्रफि मेडल र प्रमाणपत्र, द्वितिय पुरस्कार ३३ हजार ३३३ सहित ट्रफि मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार १५ हजार ५५५ सहित ट्रफि मेडल र प्रमाणपत्र, सान्तोना पुरस्कार ७ हजार ७७७ रुपयाँ सहित मेडल र प्रमाणपत्र र विधागत उत्कृष्ट खेलाडीहरुलाइ नगद पुरस्कार र ट्रफिको व्यवस्था रहने आयोजकले जनाएको छ ।

