

काठमाडौं – मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ६१.०५ अंक (३.०३ प्रतिशत) ले वृद्धि भएर २०७८.५१ अंकमा बन्द भएको छ।
नेप्सेसँगै सबै उपसूचककमा हरीयाली हुँदा कारोबार रकम पनि बढेको छ । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक ७.२२ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ५.१० प्रतिशले बढेको छ । यस्तै हाइड्रोपावर, लघुवित्त अन्य र व्यापार क्षेत्रका कम्पनीको सेयरमूल्य तुलनात्मक रुपमा उच्च वृद्धि भएको छ ।
आज कारोबार रकम पनि बढेर २ अर्ब ७३ करोड ९ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै ३९ करोड ७१ लाखको कारोबार हुँदा नेपाल पुनर्बिमा कम्पनीको ६ करोड ८३ लाखको कारोबार भएको छ ।

