

किरण पराजुली
धादिङ- धादिङ जिल्लाको थाक्रे गाउँपालिका भित्र अवैध रुपमा सन्चालन भइरहेका पिच प्लान्ट र अवैध क्रसर उद्योगहरु बन्द हुने भएका छन्।
आज बसेको थाक्रे गाउँपालिकाको ९२ औँ कार्यपालिकाको बैठकले श्रावण १ गतेबाट वडा नं ४ मा सञ्चालन भएका पिच प्लान्ट बन्द गर्ने र अन्य क्रसर उद्योगहरुको पनि कागजात हेरि अवैध भएमा चाँडै बन्द गराउने निर्णय भएको थाक्रे गाउँपालिका प्रवक्ता अमित कुमार घलेले बताउनुभयो।
अवैध क्रसर उद्योगहरुले वातावरणीय प्रदूषण बढेको र मानविय स्वास्थ्यमा समेत असर पारेको हुनाले यस्ता उधोगहरु बन्द गराउने निर्णय भएको प्रवक्ता घलेले जानकारी दिनुभयो।

