

काठमाडौँ – एनएमबि बैंक लिमिटेडले आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेकोे छ । बैंकले आफ्ना व्यक्तिगत ग्राहकहरूका लागि लक्षित गरेर सो योजना ल्याएको हो ।
‘एनएमबि डबल मुद्दती योजना’अन्तर्गत ग्राहकले न्यूनतम् मौज्दात ५० हजार रुपैयाँ वा सोभन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ ।
त्यसैगरी, ‘एनएमबि जन्मभूममि डबल मुद्दती योजना’मा नेपालीहरूले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।
सोही योजनाअन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।

