२०८३ भदौ १५, सोमवार
 

आज बैशाख ३ गते शनिवारको राशिफल

prabhu bank home loan

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ

शुभ कार्यमा सहभागी भइनेछ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त हुनेछ ।

वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आयआर्जनमा वृद्धि हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ । आँटेको काम पुरा हुनेछ। शत्रुले काममा बाधा पुर्याउनेछ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह

परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । सानातिना काममा अल्झनु पर्दा मुख्य काममा अवरोध हुन सक्छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पढाइमा सफलता मिल्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला, यात्राको पनि समय छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ । आफन्तबाट सहयोग मिल्नेछ। सामाजिक सेवामा मन जानेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

पढाइमा मन जानेछ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

 

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

व्यावसायिक काममा खर्च बढ्नेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिएला ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सानातिना काम र घरेलु समस्या देखापर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

स्वास्थ्यमा समस्या आउनसक्छ।कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । समयमा चिताएको काम सम्पादन नहुन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त हुनेछ ।रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि  प्रतिकूल बन्न सक्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने