२०८३ बैशाख ९, बुधबार
 

जुम्ला–रारा अल्ट्रा म्याराथन :पाँच किलोमिटर दौडमा अशोक र सुशीला प्रथम

prabhu bank home loan

जुम्ला – कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको  १६ वर्षमुनिको पाँच किलोमिटर दौडमा अशोक विक र सुशीला विष्ट प्रथम भएका छन् । पाँच किलोमिटरमा पुरुषतर्फ अशोक र महिलातर्फको दौडमा सुशीला प्रथम भएका हुन् । यसैगरी, पुरुषतर्फ दिपेन्द्र बुढा द्वितीय र कविन्द्र बुढा तृतीय भए । महिलातर्फ कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतीय भएको अध्यक्ष सरोज शाहीले बताए । यसैगरी, खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय भएका हुन् ।

 

उनीहरूलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले पुरस्कार प्रदान गरेका थिए । १६ वर्षमुनिको दौडमा विजेता खेलाडीलाई क्रमशः प्रथमलाई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । खुलातर्फ प्रथमलाई तीन हजार, द्वितीयलाई दुई हजार र तृतीयलाई एक हजार प्रदान गरियो । १६ वर्षमुनिको खेलमा एक सय ५६ जना खेलाडी सहभागी थिए भने खुला दौडमा दुई सयभन्दा बढीले भाग लिएका थिए ।

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने