

जुम्ला – जुम्लादेखि मुगुको रारासम्मको ४९ किलोमीटर लामो ‘जुम्ला रारा अल्ट्रा म्याराथनमा’ ५०० बढि खेलाडी सहभागी भएका छन् ।
जुम्ला रारा अल्ट्रा म्याराथन’मा ७८ जना खेलाडी सहभागी भएका थिए भने बाकी ५ किलोमीटर दौडमा करिब ४५० जनाले भाग लिएको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले बताए ।
उक्त प्रतियोगितामा खुलातर्फ विकास बुढाले प्रथम स्थान हासिल गरेका छन्। आज (शनिबार) सम्पन्न प्रतियाेगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल उनले नगद रू. ३ हजार हात पारेका छन्।
त्यस्तै, १६ वर्षमुनिकाे महिला समूहबाट सुशिला बिष्ट तथा पुरूष समूहबाट अशाेक विक प्रथम भएका छन्। उनीहरूले १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे।

