२०८३ बैशाख ६, आइतवार
 

आज माओवादी केन्द्रले देशैभर वडा अधिवेशन गर्दै

संवाददाता

prabhu bank home loan

नेकपा (माओवादी केन्द्र) ले आज शनिबार देशैभर वडा अधिवेशन गर्दैछ। आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन घोषणा गरेको माओवादी केन्द्रले त्यसकै तयारीस्वरूप आज देशैभरका वडा सम्मेलन गर्न लागेको हो।

शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले आज वडा सम्मेलनपछि मंसिर ११ गते पालिका अधिवेशन गर्ने जानकारी दिएको छ।

सदस्यता नवीकरण सकेर माओवादीले तल्ला तहका अधिवेशन सुरु गरेको हो। उसले वडामा सकेसम्म सर्वसम्मत नेतृत्व छान्ने जनाएको छ। यदि सो सम्भव नभए निर्वाचनमा जान पार्टीले निर्देशन दिएको छ। तर विभाजित मानसिकता बनाएर समूहगत रूपमा भने नजान तल्ला तहका नेता/कार्यकर्तालाई स्पष्ट निर्देशन दिएको छ।

निर्वाचनका लागि देशभरका ६ हजार ७४३ वडामा पार्टीले प्रत्येक वडामा ३ सदस्यीय निर्वाचन समिति बनाएको छ। यस्ता समिति पालिका र प्रदेशमा पनि गठन भएको जनाइएको छ। प्रदेशमा ७ र पालिकामा ५ सदस्यीय निर्वाचन समिति बनाइएको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए।

माओवादीले मंसिर ११ मा पालिका र २५ गते सात प्रदेशको अधिवेशन गर्ने जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five + seven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने