

संचार क्षेत्र राष्ट्रको चौथो अंगको रुपमा हेरीन्छ । सम्पूर्ण संचार गृहरुले हामी सत्य तत्थ्य सूचना तथा समाचार सम्प्रेशण गर्छौ भनि दाबी गर्छन । सत्य तत्थ्य सूचना÷समाचारले नागरिकलाई सुसुजित गर्छौ भनि सूचना तथा प्रसारण विभागबाट अनुमती लिई प्रेस काउन्सिल नेपालले जारी गरेको आचार संहिता पालन गर्ने प्रतिबद्धता सम्पूर्ण संचार गृहरुले गरेका छन् ।
सत्य लेख्छौ भनि दाबी गरी रहेका केहि संचार गृहहरु सत्यदेखि डराई रहेका छन् । हामीलाई प्राप्त सूचनाका आधारमा हामी यो समाचार तयार पारी रहेका छौं ।
कार्तिक २९ गते छापाका दैनिक प्राय जसो र अन लाइनका केहि मिडीयाहरुमा खुकुरी रम मदिराको व्यापक विज्ञापन प्रकाशित भयो । सो विज्ञापन प्रति धैरैको विरोध भयो र विज्ञापन बोर्डमा पनि उजुरीहरु परे ।
मदिरा तथा सुर्ती जन्य पदार्थको विज्ञापन उत्पादन तथा प्रचार÷प्रसार गर्न नपाइने व्यवस्था जनस्वास्थ्य सेवा ऐनको दफा ४५ को (१) र (२) ले गरेको छ । जनस्वास्थ्य सेवा ऐनलाई नजर अन्दाज गर्दै दैनिक छापा तथा अनलाइनहरुले हेपाहा शैलीमा विज्ञापन प्रकाशित गरेकै हुन् ।
संचार गृहहरुले विज्ञापन प्रकाशित गरी जनस्वास्थ्य सेवा ऐन विपरीत मात्र होइन विज्ञापन (नियमन गर्ने) ऐन २०७६ पनि उल्लंघन गरेका छन् । विज्ञापन (नियमन गर्ने) ऐनको दफा ९ को (१) र (२) मा कुनै पनि विज्ञापन प्रकाशित गर्दा सो वस्तुको उत्पादकको नाम, ठेगाना र वस्तुले पार्ने असरको बारेमा उल्लेख गर्नु पर्ने प्रावधान छ तर उक्त विज्ञापनमा उल्लेखीत विवरण नभएकोले बिज्ञापन (नियमन गर्ने) ऐनको दफा ९ लाई पनि नजर अन्दाज गरेका छन् ।
संचार गृहहरुले पत्रकार आचार संहिताको दफा ४ र ५ विपरीत पनि कार्य गरेको देखिन्छ । संचार गृहहरुले अमर्यादित कार्य गरेकोले आचार संहिताको दफा ४ को १४ अनुसार विज्ञापन खण्डन तथा स्पष्टीकरणको लागि सार्वजनिक रुपमा अनुरोध गरी लेखीएको निवेदन विभिन्न संचार गृहरुले बुझ्ने साहस सम्म गरेनन् ।
उनीहरुले सत्य लेख्छौ भन्छन्, सत्य आत्मसाथ गर्दैनन् । प्रकाशित विज्ञापनले सामाजिक विकृती तथा जनस्वास्थ्यमा नराम्रो असर पार्ने भएकोले प्रकाशित विज्ञापन हटाई भएको गल्ती स्विकार गरी ऐन विपरीत प्रकाशन गरीएको विज्ञापनको स्पष्टीकरण तथा खण्डन गर्न अनुरोध गरीएको निवेदन कान्तिपुर दैनिकले बुझेन । त्यस्तै नागरिक दैनिकले पनि बुझेन । इलष्लिभ प्जबदबच, ऋष्अिफबलमग, सेतोपाटी ले पनि बुझेनन् । नयाँ पत्रिका दैनिक, अन्नपूर्ण पोष्ट, रातोपाटीले पत्र भने बुझेका छन् । स्पष्टीकरण प्रकाशित गर्छन गर्दैनन् त्यो हेर्न बाँकी छ, निवेदकले गुनासो पोखे । त्यस्तै विजमााण्डु, हाम्रा कुरा, विजशालाले उपलब्ध गराएको फोन नं. मा फोन गर्दा फोन नउठेपछि उक्त गृहको इमेलमा निवेदन पठाएको जानकारी निवेदकले दिए । हेरौ ती इलष्लिभ हरुले स्पष्टीकरण छाप्छन् छाप्दैनन् ?




